Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुरोपमा कोरोना कहर : इयूका सबै सदस्य राष्ट्रहरूमा खोप

युरोपमा कोरोना कहर : इयूका सबै सदस्य राष्ट्रहरूमा खोप


काठमाडौं, एजेन्सी । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयू मातहतका सबै सदस्य राष्ट्रले खोप दिन सुरु गरेका छन् । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजर र बायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएसँगै खोप दिन सुरु गरिएको जानकारी दिएकी हुन् ।

एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउन थालेका छन् । बाँकी धेरैले आइतबारबाट खोप लगाउन थालेका छन् । युरोपेली सङ्घमा आवद्ध राष्ट्रहरुमा हालसम्म ३ लाख ३५ हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको दोश्रो लहरसँगै इयूमा आवद्ध राष्ट्रमा १ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् । सबै सदस्य राष्ट्रले कडा प्रतिबन्धात्मक व्यवस्था लागु गरेर कोरोना रोकथामको अभियान जारी राखेका छन् ।

कोरोनाभाइरसको नयाँ प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा जापानमा समेत पुष्टि भइसक्दा खोपमार्फत रोकथामलाई तिब्रता दिइएको हो । Photo :Reuters



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ