Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा समेत भेटियो नयाँ स्वरुपको कोरोना, सतर्कता अपनाउन आग्रह

अष्ट्रेलियामा समेत भेटियो नयाँ स्वरुपको कोरोना, सतर्कता अपनाउन आग्रह


ब्रिजवेन, अस्ट्रेलिया । बेलायतमा पहिलो पटक देखा परेको कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण अष्ट्रेलियामा समेत भित्रिएको छ । विगतको कोरोना भाइरस भन्दा बढी संक्रामक मानिने नयाँ स्वरुपको कोरोना विदेशबाट डिसेम्बर २२ मा क्वीन्सल्याण्ड फर्किएर होटल क्वारेन्टिनमा बसेकी महिलामा पहिलो पटक पहिचान भएको हो ।

दक्षिण अफ्रिकी भेरियन्टको पहिलो संक्रमण पहिचानभएकी महिलालाई अहिले अस्पतालको निगरानीमा राखिएको छ । क्वीन्सल्याण्डकी स्वास्थ्य मन्त्री Yvette DÚAth ले क्वारेन्टिनमा पहिचान भएको नयाँ संक्रमणले जनतामा कुनै खतरा नरहेको जनाउँदै होटल क्वारेन्टिनबाट सम्भावित संक्रमितको पहिचान र रोकथाम सहज भएको बताउनुभएको छ । यस्तै क्वीन्सल्याण्डमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ ।

कोरोना संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएमा परिक्षण गर्न स्वास्थ्य अधिकारीहरुले सुझाब दिएका छन् । भाइरसको दुई नयाँ प्रकार युके र अहिले दक्षिण अफ्रिकामा फेला परेको छ, मेरो सल्लाह यो छ कि हामी होटेलमा फर्केका यात्रुहरूलाई अलग्गै निरन्तरता दिइरहेका छौं,“ क्वीन्सल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी Dr Jeanette Young ले भन्नुभयो । कोरोनाभाइरसको नयाँ प्रकार द्रुत गतिमा फैलिएका कारण बेलायतसँगै युरोपका अधिकांश राज्य, जापान लगायतका देशमा कडा प्रतिबन्धका नियम लागू गरिएका छन् । नेपाल भारतलगायत विश्वका दुई दर्जन बढी राष्ट्रमा नयाँ संक्रमण पहिचान भएसँगै त्रास बढेको छ ।

कोरोनाभाइरसको नयाँ प्रकार किन बन्दैछ चिन्ताको विषय ?
१.भाइरसको यो प्रकारले अन्य प्रकारलाई तीव्र गतिले प्रतिस्थापन गर्दैछ ।
२.यो नयाँ प्रकारमा देखिएको उत्परिवर्तनले कोरोनाभाइरसको महत्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने देखिएको छ ।

३. केही उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको हुने गरेको प्रयोगशालामा गरिएका परीक्षणले देखाएका छन् ।

यी तथ्यहरुले यो प्रकार सजिलै फैलनसक्ने खालको देखाउँछ । यसको जोखिम पनि चीनको बुहानबाट फैलिएको कोरोना भाइरस भन्दा बढी हुँने बताइएको छ । नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिसहरू प्रभावित हुन पुग्दा अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने बिरामीहरूको सङ्ख्या बढ्ने र स्वास्थ्य उपचारमै धक्का पुग्ने आँकलनसहित चिन्ता व्यक्त गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ