Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘नयाँ वर्षलाई उपचारात्मक वर्ष बनाऔँ’ –संयुक्त राष्ट्रसंघ

‘नयाँ वर्षलाई उपचारात्मक वर्ष बनाऔँ’ –संयुक्त राष्ट्रसंघ


काठमाडौ, राष्ट्रसंघ । कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भिडियो सन्देश जारी गर्दै विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन आह्वान गर्नुभएको हो ।

नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहित जारी गरिएको भिडियो सन्देशमा उहाँले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिनुभएको छ । आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उहाँले भिडियोमा भन्नुभएको छ । सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा गुटेर्रेसको जोड छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९५ हजार १११ जनाको मृत्यु भएको छ भने ८ करोड २२ लाख ८८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । अझपनि २ करोड २१ लख बढीमा कोरोनाको सक्रिय संक्रमण देखिदा १ लाख ५ हजार बढी संक्रमितको अवस्था गम्भिर छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ