Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअब अष्ट्रेलियामा अस्थायी भिसा धारकले स्वास्थ्य आदेश उल्लंघन गरे देश निकाला !

अब अष्ट्रेलियामा अस्थायी भिसा धारकले स्वास्थ्य आदेश उल्लंघन गरे देश निकाला !


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको स्वास्थ्य आदेश उल्लंघन गर्ने अस्थायी भिसा धारकलाई भिसा रद्ध गरेर घर फकाउने चेतावनी दिएको छ । क्रिसमसका दिन अष्ट्रेलियाको ब्रोन्टे बीच ब्याकप्याकर पार्टीमा भएको भीडभाडमा स्वास्थ्य आदेश उल्लंघन भएको भन्दै अध्यागमन मन्त्री अलेक्स हक्सले यस्तो चेतावनी दिनुभएको हो ।

ब्रोन्टे बीचमा भएको दृश्यबाट आफू स्तब्ध भएको तथा सिडनीका धेरै मानिसहरु एकदमै चिन्तित भएको अध्यागमनमन्त्री हक्सले बताएका छन् । माइग्रेसन ऐन अन्तर्गत यदि कसैले सार्वजनिक सुरक्षा वा स्वास्थ्यलाई चुनौती दिएको पाइएमा तिनीहरूको भिसा रद्द गरेर देश फिर्ता बारे संघीय सरकारले कदम चाल्ने मन्त्री हक्सको चेतावनी छ । केही दिनअघि मात्रै समुन्द्री तटमा भीडभाड गरेर क्रिसमस पार्टी मनाउँदै गरेको भीडियो तथा दृश्य बाहिरिएको थियो ।

क्रिसमस डेको कार्यक्रममा भेला भएको ठूलो भीडलाई तोड्न सिडनीको पूर्वी उपनगरको लोकप्रिय समुद्री तटमा एनएसडब्ल्यू पुलिस परिचालन गर्नु परेको थियो । सान्ता टोपीमा ठूलो संख्यामा उपस्थित भएको यो भीडले भौतिक दूरीलाई वेवास्ता गरेको थियो । जहाँ भीडभाडसहित गाउँने नाच्ने र रम्नेहरु मस्त थिए । पार्टी उत्तरी समुद्री तटबाट आधा घण्टाको ड्राइभमा आयोजित गरिएको थियो, जहाँ कोरोनाभाइरसको प्रकोपका कारण क्रिसमसको अवधिमा हजारौं परिवारहरू तालाबन्दीमा छन् । प्रहरी पुगेपछि भीड तितरबितर भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ