Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचिसो मौसममा टोपी लगाउँदा चाया बढ्यो ? यस्ता छन घरेलु उपचार

चिसो मौसममा टोपी लगाउँदा चाया बढ्यो ? यस्ता छन घरेलु उपचार


काठमाडौं । टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई जोगाउनु तपाई हाम्रो गहन अभिभारा हुन्छ । चिसोबाट बचाउन अधिकांशले टोपी लगाउँने गर्दछन् । यसरि टाउकोलाई टोपीले ढाक्दा पनि चाया पर्ने समस्या हुन्छ । चिसोको समयमा देखापर्ने चायाको समस्याबाट छुटकारा पाउन यी उपाय अपनाउनुहोस् ।

कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । कागतीको रस कपालमा भएको चाया भगाउन र कपालमा चमक ल्याउन निक्कै उपयोगी हुन्छ ।

एलोभेरा जेलः नुहाउनुभन्दा केही समय अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् । यसरी पनि चायाबाट छुटकारा मिल्छ ।

दहीः कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् । यो प्रक्रियाबाट पनि तपाईले चाहाको समस्यालाई समाधान गर्न सक्नुहुन्छ ।

प्याजको रसः प्याजको रस कपालमा लगाउँदा यसमा पाईने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ । प्याजको रस सही रुपमा प्रयोग गर्दा कपाल चम्किलो र सिल्की बन्छ । प्याजको रसमा पाईने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ ।

कसरी बनाउने प्याजको रस ?
पहिले प्याजलाई ताछेर राम्रोसँग धुनुहोस् । सानो सानो टुक्रा बनाएर काट्नुहोस् । यसपछि मलिन हुनेगरि मजाले पिस्नुहोस् । राम्रोसँग पिसेको प्याजलाई जालीमा राखेर मजाले छान्नुहोस् । अब प्रयोगका लागि प्याजको रस तयार हुन्छ ।

प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै चिलाउन ठीक हुन्छ । यो क्रमलाई केही समय दोहोर्याएमा चायाको समस्याबाट छिट्टै छुटकारा मिल्नेछ ।

रहरका दालको लेप : रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुहोस् । यसले पनि कपालमा रहेको चाया जान्छ ।

मेथीको लेप : दाना मेथीलाइ रातभर ढड्याएर राख्नुहोस् र बिहान उठेर त्यसको पेष्ट बनाई कपालमा लगाएर आधा घन्टा यतिकै छोड्नुहोस् । यसरी पखालेपछि पनि कपालको चाया कम हुन्छ ।

सरस्युको तेल र कागतीको रस : सरस्युको तेल र कागतीको रस मिलाएर कपाल मालिस गर्नुहोस् । एक दिन बिराएर यसो गर्न सकेमा टाउकोबाट चाया हराएर जान्छ ।

नरिवलको तेल र कपुर : नरिवलको तेल र कपुर मिलाएर राख्नुहोस् र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुहोस् । यो बिधिबाट पनि चाया हराएर जान्छ ।

पानी र बेसनको घोल : एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुहोस् । यसले चाया हटाउन मद्दत गर्छ ।

अमलाको तेल :  स्वस्थ्य तथा सुन्दर कपालका लाग क्यारोटिन आवश्यक तत्व हो जुन अमलामा पाइन्छ । कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ । वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ । आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ । यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ । चायाको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो ।

माटो र गोलभेडाको पेस्ट : एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५-२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया कम हुन्छ ।

हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका र कम सुत्ने मानिस लाई बढी चायाले सताउँछ । चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरुको पनि उचित प्रयोग गर्न सकिन्छ । चायाँले हैरान लगाएको छ, धेरै नै समस्या छ भने चर्मरोग विशेषज्ञको सल्लाह लिनु उपयोगी हुन्छ । (चिकित्सकको सहयोगमा)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ