Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबेलायतमा फेरि लकडाउन, घरभित्रै रहेर सहयोग गर्न प्रधानमन्त्री जोनसनको अपिल

बेलायतमा फेरि लकडाउन, घरभित्रै रहेर सहयोग गर्न प्रधानमन्त्री जोनसनको अपिल


काठमाडौं । कोरोना भाइरसको नयाँ लहर फैलिएसँगै बेलायतमा फेरि लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न देशवासीलाई आह्वान गर्नुभएको हो ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताउनुभएको छ । अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन प्रधानमन्त्री जोनसनले आग्रह गर्नुभएको छ । लकडाउन घोषणा भए पनि स्कुल, कलेज र विश्वविद्यालय भने बन्द नगरिने जोनसोनले जानकारी दिनुभएको छ ।

नयाँ प्रकारको कोरोना भाइरससमेत देखा परेको बेलायतमा यसअघि नै हवाई उडानहरु स्थगित गरिएका थिए । लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यसम्म कायम हुन सक्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ