Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद विघटनविरूद्धको सुनुवाइ अर्को बुधबार, न्यायाधीश कार्की इजलासमा नबस्ने

संसद विघटनविरूद्धको सुनुवाइ अर्को बुधबार, न्यायाधीश कार्की इजलासमा नबस्ने


काठमाडौं । चौतर्फी प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारीलगायतले कार्की रहेकोमा प्रश्न उठाएका थिए । त्यसपछि हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने बताएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि निरन्तर सुनुवाईको क्रममा अधिवक्ताहरुले न्यायाधीश कार्की विगतमा महान्यायाधिवक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएका थिए । न्यायाधीश थापाको प्रश्नपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले भने संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।

योसँगै संवैधानिक परिषदमा सुरू भएको प्रतिनिधिसभा सम्बन्धी मुद्दाको अर्को सुनुवाइ बुधबार हुने गरी स्थगित भएको छ । आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय बाहेक अरु कुनै निर्णय लिएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ