Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा गाँजा बहस, प्रतिबन्ध फुकुवा होला त ?

नेपालमा गाँजा बहस, प्रतिबन्ध फुकुवा होला त ?


काठमाडौं । गाँजामा लगाइएको कानुनी प्रतिबन्ध हटाउन नेपालको संसद्मा प्रस्ताव दर्ता भएपछि सुरु भएको बहसले अब भने नयाँ मोड लिने भएको छ । केही हप्ताअघि संयुक्त राष्ट्रसङ्घले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ’हानिकारक’ समूहबाट हटाएपछि नेपालमा गाँजा बहसले नयाँ मोड लिएको हो ।

संसदमा बिचाराधिन प्रस्वाले समेत विघठित संसद पुनःस्थापनापछि नयाँ शिराबाट बहस सुरु हुने भएको छ । सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङ त राष्ट्रसङ्घीय बैठकमा नेपालले पनि गाँजालाई औषधीय गुण भएको वनस्पति मान्नुपर्ने पक्षमा नै मतदान गरेकाले अब प्रतिबन्ध फुकुवा गर्न कुनै समस्या नभएको दाबी गर्दै आएका छन् । सांसद तामाङ गाँजामाथीको प्रतिबन्ध हटाएर सुरक्षा बन्दोबस्तीसहित नेपाली जनताको आयस्तर उकास्नेगरि गाँजा खेती थाल्नुपर्ने पक्षमा छन् ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल भने गाँजामा लगाइएको प्रतिबन्ध फुकुवा गरे थप सङ्गठित अपराध बढ्ने बताउँछन् । प्रतिबन्ध फुकुका गरेर गाँजा उत्पादन र उत्पादित गाँजाको ओसारपसारमा सुरक्षा दिन नसक्ने हो भने गलत प्रयोग र गाँजा लुटपाट लगायतका संगठित अपराध बढ्नसक्ने पूर्वप्रहरी अधिकृत मल्लको धारणा छ । हुन त, विक्रम सम्वद २०३३\०३४ अघिसम्म नेपालमा गाँजामाथी कुनै प्रतिबन्ध नभएकाले खुला रुपमा खेती र बेचबिखन हुँदै आएको थियो ।

विश्वका करिब ६० देशले गाँजलाई आंशिक वा पूर्ण रुपमा खुला गरिसकेका छन् । गाँजामाथीको प्रतिबन्द हटाएर सरकारले आवश्यक सुरक्षाको बन्दोबस्ती गर्ने हो भने वार्षिक २५, ३० लाख कमाउन कुनै पनि परिवार बैदेसिक रोजगारी खोज्दै विदेश भौतारिन नपर्ने कतिपयको धारणा रहँदै आएको छ । गाँजामाथीको प्रतिबन्ध फुकुवा गर्न बागमती प्रदेशका पूर्वमन्त्री तथा काठमाडौ महानगरका पूर्व मेयर केशब स्थापितले माग गर्दै बहस समेत चलाउँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ