Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसमुदायमा कोरोना देखिएपछि ब्रिजवेनमा ३ दिने लक डाउन घोषणा

समुदायमा कोरोना देखिएपछि ब्रिजवेनमा ३ दिने लक डाउन घोषणा


ब्रिजवेन
क्वारेन्टिन होटलमा काम गर्ने एक मजदुरमा बेलायती प्रजातिको कोरोना भाइरस संक्रमण देखिएपछि कुइन्सल्याण्ड सरकारले ब्रिजवेनभर ३ दिने लक डाउनको घोषणा गरेको छ । दक्षिण ब्रिजवेनमा बस्ने ती कामदारलाई गत जनवरी २ तारिख देखि नै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । तर, ५ दिनपछि मात्रै लक्षण देखिएपछि हिजो कोरोना परिक्षण गर्दा संक्रमण देखिएको हो । लक्षण देखिनुअघि ५ दिनसम्म ती कामदार दक्षिण ब्रिजेवनमा विभिन्न स्थानमा गएर किनमेल गरेका, रेल चढेको तथा हिडडुल गरेको भेटिएको छ । तीनै कामदारमार्फतमा समुदायमा कोरोना भाइरस फैलिएको हनुसक्ने अनुमानका आधारमा स्थानिय सरकारले ती भेगका स्थानियमा कोरोना परिक्षण तिब्र बनाएको छ । त्यस्तै थप जोखिम कम गर्न शुक्रबार साझ ६ बजेदेखि सोमबार बेलुकी ६ बजेसम्म ब्रिजवेनभर लक डाउनको घोषणा गरेको हो । गे्रटर ब्रिजवेनको ब्रिजवेन, लोगान, इप्सविच, मोरेटन र रेडल्याण्ड क्षेत्रमा लकडाउन गर्न लागिएको हो । यस क्षेत्रका बासिन्दालाई लक डाउन अवधीभर घरमै बस्न निर्देशन दिइएको छ ।
अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, अत्यावश्यक खाद्यँन्न किनमेल र नजिकै शाररिक व्यायम गर्न बाहेक अन्य बेलामा घरबाट बाहिर निस्कन मनाहि गरिएको हो ।
बाहिर निस्कनेले अनिवार्य रुपमा माक्स लगाउन निर्देशन गरिएको छ । यो नियम १२ वर्ष मुनीका केटाकेटीमा भने लागु हुनेछैन ।
आज बिहान कुन्सल्याण्डी प्रिमियर एनेस्थेसिया प्यालासेकले लक डाउन घोषणा गरेसंगै सुपरमाकेर्टमा किनमेल गर्नेको घुइचो लागेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना परिक्षणको दर निकै बढाइको छ । १३ हजार जनामा गरिएको परिक्षणमा ९ जनामा कोरोना पुष्टी भएको छ । ती सबै होटल क्वारेन्टिनमै छन् ।
ती कामदार गएको स्थान र समयमा त्यहा पुग्ने मानिसहरुलाई तत्काल कोरोना परिक्षण गर्न निर्देशन दिइएको छ ।

ती कामदारले घुमेको स्थान र समय यस्तो छ ।

-Train from Altandi Station to Roma Street at 7:00am Saturday, January 2

-Train from Central Station to Altandi Station at 4:00pm Saturday, January 2

-Woolworths at Calamvale Central Shopping Centre between 11:00am and midday, Sunday January 3

-Coles at Sunnybank Hills between 7:30am ad 8:00am Tuesday, January 5

-Newsagency at Sunnybank Hills, corner of Compton Road, between 8:00am and 8:15am Tuesday, January 5

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ