Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalवरिष्ठ गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा निधन


काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको छ । पछिल्लो समय उनलाई चिरायु अस्पतालमा राखेर उपचार गरिएको र ४ दिन अस्पताल राखेर घर ल्याएपछि उनको निधन भएको बुहारी विद्या रिमालले जानकारी दिइन् ।

दशैँ अगाडि सामान्य कुराकानी गर्ने उनी दशैँ पछाडि धेरै बिरामी भएका थिए । उनलाई अन्तिम समयमा निमोनिया, मृगौलाको समस्या देखिएको थियो । लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या थियो । वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन् । नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ लगायत उनका थुप्रै गीत लोकप्रिय छन् । रिमालको अन्तिम संस्कार पशुपति आर्यघाटमा आज साँझ गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ