Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेश कसरी जोगाउने भन्ने चिन्ताले सताउन थाल्यो : पूर्वराना ज्ञानेन्द्र

देश कसरी जोगाउने भन्ने चिन्ताले सताउन थाल्यो : पूर्वराना ज्ञानेन्द्र


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देशलाई कसरी जोगाउन सकिएला भन्ने चिन्ताले सताउन थालेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताउनुभएको छ ।

शाहले जनचाहनाअनुसार अघि बढ्नु शाहवंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट नपिछेको उल्लेख गर्दै भन्नुभएको छ–“नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ । “राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्,” शाहले भन्नुभएको छ ।

“हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नु परेको छ ।” शुभकामना सन्देशमा भनिएको छ ।

यस्तो छ, शुभकामना सन्देश :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ