Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalतातोपानी नाका माघ ७ गतेबाट २० दिन बन्द हुने

तातोपानी नाका माघ ७ गतेबाट २० दिन बन्द हुने


काठमाडौं । नेपाल–चीन महत्वपूर्ण नाका तातोपानी नाका २० दिन बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माणका लागि माघ ७ (२० जनवरी) देखि नाका बन्द गर्न लागिएको चिनियाँ पक्षले तातोपानीस्थित भन्सार कार्यालयलाई जानकारी गराएको हो ।

तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २० जनवरबाटी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको जानकारी दिनुभयो । पहिलेकै बाढीले क्षति पुर्याएको पुलको एक भागामा केही दिनअघिको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको जनाइएको छ । तिब्बतबाट प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि मर्मत गरिने निश्चित भएको थियो । बढीमा तीन सातामा पुल मर्मत सकिने बताइएको छ । पुल मर्मतकालागि नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअड्कियोस भनेर छिटो–छिटो सामान ल्याउँदा भन्सारको राजश्व तीन सातामै १८ करोड पुगेको छ ।

साउन देखि मंसिरसम्म १७ करोड राजश्व संकलन भएकोमा पुस महिनाको तीन सातामै १८ करोड राजश्व संकलन भएको भन्सार प्रमुख खत्रीले जानकारी दिनुभयो । कोभिड र बाढीका कारण चीनतर्फका महत्वपूर्ण व्यापारिक नाकाहरु लामो समयदेखि अवरुद्ध हुँदै आएका छन् । नाकामा भएको अवरोधले दुई देशबीचको व्यापार अवरुद्ध भएको भन्दै नेपाली व्यवसायीले भने बारम्बार चिन्ता व्यक्त गर्दै दिर्घकालिन पहल गर्न सरकारसँग आह्वान गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ