Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा श्रोत नखुलेका १२ संक्रमित, प्रतिबन्ध लम्बिने संकेत ?

सिड्नीमा श्रोत नखुलेका १२ संक्रमित, प्रतिबन्ध लम्बिने संकेत ?


ब्रीजबेन, अष्ट्रेलिया । सिड्नीमा कोभिड १९ कोरोना भाईरसको पछिल्लो फैलावटको केन्द्र नर्दन विच क्षेत्र हो । यस क्षेत्रबाट कोरोना लागेका व्यक्तिहरुको बारेको कन्ट्राक ट्रेसिङ गरिएपनि १२ जनामा कोरोना संक्रमण कसरी हुन गयो ? को बाट सर्यो भन्ने अझै खुल्न सकेको छैन ।

यसले समूदायस्तरमा अझै कोरोना संक्रमण बढ्दै जाने संकेत देखाएको छ । विगतमा मात्रै होइन मंगलबार मात्रै पनि संक्रमणको श्रोत नखुलेका दुई जना संक्रमित पहिचान भएका छन् । यसबाट स्वास्थ्य अधिकारीहरु थप चिन्तित बनेका छन् । श्रोत नखुलेका संक्रमित क्यान्टबरी व्यांक्सटाउनर लेनकोभ काउन्सिल क्षेत्रका व्यक्तिहरु रहेको बताइएको छ । गएको डिसेम्बर १६ यता सिड्नीमा श्रोत नखुलेका कूल १२ संक्रमित पहिचान भएका छन् ।

न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले चेतावनी दिँदै समूदायस्तरमा कोरोना फैलिएको आशंका व्यक्त गर्नुभएको छ । यो अभिव्यक्तिले यो साताबाट कोभिड १९ को प्रतिबन्धहरु खुकुलो पार्ने सम्भावना कम देखिएको छ । श्रोत नखुलेका व्यक्तिमा पहिचान भएको संक्रमणका आधारमा स्वास्थ्य अधिकारीहरु समूदायमा हुनसक्ने संक्रमणको खोजिमा लागिपरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ