Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतमा शनिबारबाट कोभिडविरुद्धको खोप लगाइदै, नेपालमा कहिले ?

भारतमा शनिबारबाट कोभिडविरुद्धको खोप लगाइदै, नेपालमा कहिले ?


एजेन्सी । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान भैरहेका बेला आगामी शनिबारबाट आपत्कालीन प्रयोग सुरु हुँदैछ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने जानकारी गराउँदै जनवरी १६ तारिखबाट आम प्रयोगमा आउने जानकारी दिनुभएको हो ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले यसअघि नै अनुमति दिइसकेका छन् । भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोनाभाइरस विरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूकै संलग्नतामा यी खोप विकास भएका हुन् । भारतले अहिलेसम्म कोरोनाभाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको र पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

कूल ११० लाखको सङ्ख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको जनाइएको छ । जुन काम सेरम इन्ष्टीच्यूड अफ इन्डीया (एसआईआई)ले गरिरहेको छ । अर्को खोप कोभ्याक्सीन ५५ लाखको सङ्ख्यामा उत्पादन गर्ने कार्य जारी रहेको जनाइएको छ । यो भने भारत बायोटेक इन्टरनेशनल लिमिटेड (बीबीआईएल) ले उत्पादन गर्दैछ । यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ । दुवै खोप यही जनवरी १४ सम्म सरकार मातहत आउने र १६ तारिखपछि लगाइने जनाइएको छ ।

भारतमा खोपको उत्पादन र प्रयोगले तिब्रता पाउँदैगर्दा नेपालमा समेत खोप आयात र प्रयोगको चर्चा सुरु भएको छ । चीनिया पक्षले आफूले उत्पादन गरेको खोप खरिदमा सहयोग गर्ने बताइरहँदा भारत समेत नेपाललाई खोप दिन तयार छन् । तर नेपाल सरकारको पहल र खरिद प्रक्रियाको सुस्तताले कहिले खोप आउने, कुन आउने ? कहिलेबाट आम प्रयोग सुरु हुने अझै अन्यौल छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ