Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसोमबारदेखी खुल्दै भिक्टोरिया, १० दिनदेखी स्थानीयस्तरमा शुन्य संक्रमण

सोमबारदेखी खुल्दै भिक्टोरिया, १० दिनदेखी स्थानीयस्तरमा शुन्य संक्रमण


ब्रिजबेन, अष्ट्रेलिया । भिक्टोरियामा स्थानीयस्तरमा कोरोना फैलिएको आँकलन गरिएपनि विगत १० दिनदेखी एउटा पनि स्थानीय कोरोना संक्रमित भेटिएका छैनन् । विमानमार्फत भिक्टोरिया आएका यात्रीहरुमध्ये गएको २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सबै होटल क्वारेन्टीनमा छन् । राज्यमा कूल सक्रिय संक्रमितको संख्या २६ मा झरेको छ ।

सोमबारबाट आन्तरिक लकडाउन खुकुलो बनाइदै
कोभिड १९ प्रभावित केही राज्यलाई प्रवेश निषेधको नीति लिएको भिक्टोरियाले आन्तरिक रुपमा भने लकडाउन खुकुलो बनाउने योजना अघि सारेको छ । कोरोना भाईरसको संक्रमणलाई नियन्त्रणको चरणमा ल्याइएपछि जनसंख्याको हिसाबले अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियाले आन्तरिक रुपमा विभिन्न गतिविधि सञ्चालनको तयारी थालेको हो ।

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारीले नयाँ वर्षताका फैलिएको कोरोना नियन्त्रणमा आएसँगै सोमबारबाट सार्वजनिक कार्यालयहरुमा कूल क्षमताको २५ प्रतिशत कर्मचारीले काम गर्न सक्ने जानकारी गराएका छन् । अन्य कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीले काम गर्न पाउनेगरि लकडाउन खुकुलो बनाइदैछ । आईतबार मध्यरातबाट अनिवार्य मास्कको नियम परिवर्तन गरेर भीडभाड र जोखियुक्त क्षेत्रमा मात्रै बाध्यकारी बनाइदैछ । जसअनुसार विमानको यात्रामा, सार्वजनिक यातायातमा, ट्याक्सी र राईड शेयरहरुमा, सुपरमार्केट, सपिंग सेन्टरहरुमा मास्क लगाउनुपर्नेछ । कार्यालयहरुमा वा अन्य स्थानमा सोमबारबाट माक्स अनिवार्य हुनेछैन । तर, भौतिक दूरी कायम गर्न नसकेको अवस्थामा भने मास्क लगाउनुपर्ने भनिएको छ ।

अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका खेलाडी मेलबर्नमा
यस्तै, आगामी महिनादेखि अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिता आयोजना हुँने भएकाले १५ वटा चार्टड फ्लाईटमार्फत करिब १२ सय अन्तर्राष्ट्रिय खेलाडी र उनीहरुका सहयोगीहरु मेलबर्न पुगेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ