Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगको अनुमती, लगाइने कहिले ?

नेपालमा कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगको अनुमती, लगाइने कहिले ?


काठमाडौं । नेपालमा समेत कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिएको हो ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालिन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जानकारी गराएको छ । ‘कोभिसिल्ड’, अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोपको भारतीय संस्करण हो । विभागले दुई दिनअघि आपतकालिन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ताका लागि आह्वान गरेको थियो । भारतमा आजदेखी यो खोप लगाउन थालिएको छ ।

औषधि व्यवस्था विभागले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपालमा कोभिड–१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि २०७७ माघ २ को विभागीय निर्णयानुसार उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
यस्तो छ पत्र



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ