Techie IT
Mon, September 20, 2021  |   सोमवार, अशोज ४, २०७८
गृहपृष्ठ » Breaking News » इन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

इन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो


269 Views

एजेन्सी । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि भत्किएका संरचनामा फसेर मृत्यु हुनेको संख्या ४२ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

भूकम्पले एउटा अस्पताल र कयौँ भवनहरू भत्किएको जनाइएको छ । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया पटक पटक प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा गएको भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

क्याटेगोरी : Breaking News, International, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-