Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना मृत्युमा उच्च रेकर्ड, ६ लाख ६९ हजार संक्रमित थपिदा एकैदिन १७ हजार २३५ को मृत्यु

कोरोना मृत्युमा उच्च रेकर्ड, ६ लाख ६९ हजार संक्रमित थपिदा एकैदिन १७ हजार २३५ को मृत्यु


काठमाडौं । विश्वभर कोरोना भाइरसको दोश्रो लहर र नयाँ संक्रमण विस्तार भएसँगै मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ कोरोना संक्रमितको मृत्यु भएको हो । यसअघि जनवरी १४ (माघ १ ) मा उच्च रेकर्ड बनाउँदै १६ हजार २६९ संक्रमितको मृत्यु भएको थियो ।

बिहीबार बिहान यो समाचार तयार पार्दाको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख ८३ हजार २५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ४०१ नयाँ संक्रमित थपिएसँगै जम्मा कोरोना संक्रमितको संख्या ९ करोड ७३ लाखबाट उकालो लागेको छ । सक्रिय संक्रमित २ करोड ५३ लाख ७४ हजार बढीको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १२ हजार ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना जित्नेको संख्या ६ करोड ९८ लाख २८ हजार ९७२ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८२९ पुगेको छ । १ लाख ८६ हजार ७०६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४९ लाख ९७ हजारबाट उकालो लागेको छ । सक्रिय संक्रमितको संख्या ९६ लाख १६ हजार ४६० रहेको अमेरिकामा २८ हजार १२९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

यस्तै, दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ६ लाख नाघ्दा १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भएको छ । बेलायतसँगै युरोपेली मुलुकहरुमा कोरोनाको संक्रमण र मृत्युदर उच्च देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ