Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘भिजन एक्सलेन्स अवार्ड’बाट आँखारोग विशेषज्ञ रुइतसहित तीन जना चिकित्सक सम्मानित

‘भिजन एक्सलेन्स अवार्ड’बाट आँखारोग विशेषज्ञ रुइतसहित तीन जना चिकित्सक सम्मानित


काठमाडौं । नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन जना चिकित्सकलाई सम्मान गरेको छ । अस्पताल र संघले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएका डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा. गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले उनीहरुलाई सम्मान गरेका हुन ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि विशेष ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । संघका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा गरेको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदानका लागि सम्मान गरिएको बताउनुभयो । सम्मानित डा रुइत तिलगङ्गा इन्ष्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुन भने प्राडा रामप्रसाद नेपाल आँखा अस्पताल र संघका संस्थापक मध्येका एक हुन । यस्तै, डा गोपाल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं संघका कार्यकारी सदस्य हुन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ