Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहाअभियोगकको आवश्यक तयारीका लागि पूर्वराष्ट्रपति ट्रम्पलाई दुई साताको समय

महाअभियोगकको आवश्यक तयारीका लागि पूर्वराष्ट्रपति ट्रम्पलाई दुई साताको समय


एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाका लागि आवश्यक तयारी गर्न दुई साताको समय उपलब्ध गराइएको छ । महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागे अनुसार नै को दुई हप्ताको समय दिन डेमोक्र्याटले सहमति जनाएका हुन् ।

डेमोक्याट र रिपब्लिकनबीच भएको सहमतिपछि कम्तीमा आउँदो महिना (फेब्रुअरी ८) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई हुने छैन । तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी गरेको समयमा दुई साता यो प्रस्ताव बारे छलफल नहुने भएको हो ।

नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजा अस्वीकार गरेका ट्रम्पले समर्थकलाई उक्साएर जनवरी ६ मा राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गराएको अभियोग महाअधियोग प्रस्तावमा लगाइएको छ । ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको थियो । जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरिसकेको छ । पछिल्लो महाअभियोग यत्तिकै टर्छ वा पास हुन्छ ? यसका लागि दुई साता पर्खनुपर्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ