Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगुगलले अष्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन हटाउँदै, कारण यस्तो

गुगलले अष्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन हटाउँदै, कारण यस्तो


ब्रिजबेन, अष्ट्रेलिया । विश्वकै सर्वाधिक सर्च इन्जिन गुगलले अष्ट्रेलियाबाट आफ्नो उपस्थिति हटाउने चेतावनी दिएको छ । अष्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि गुगलले आफ्नो सर्च इन्जिन अस्ट्रेलियाबाटै हटाउने धम्की दिएको हो ।

अष्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत टेक कम्पनीहरुलाई टेक कम्पनी र मिडियालाई रोयल्टीको व्यवस्था मिलाउन गुगल र फेसबुकलाई चाँडै नै नयाँ आचार संहितामा बाध्ने यसअघि नै सार्वजनिक गरेको थियो । अमेरिकी दिग्गज टेक कम्पनीहरूले कानुनहरू कठोर भए सेवालाई स्थानीयहरुको पहुँचसम्म पुर्याउन कठिन हुने बताएका छन् । गुगल अष्ट्रेलियाका निर्देशक मेल सिल्भाले अष्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रुपमा लागू गरेमा गुगलको सर्च इन्जिन अस्ट्रेलियामा रोकिने जाकारी दिनुभयो । निर्देशक सिल्भाले भन्नुभयो, ‘हामीले अष्ट्रेलियामा सेवा प्रदान गर्न आर्थिक र परिचालन जोखिमको साथ काम गर्ने कुनै पनि बाटो देखेका छैनौ ।’ यता, अस्ट्रेलियाका राजनीतिज्ञहरुले समेत कानुन निर्माणको चरणमा संसदमा बसेर बहस र छलफल गर्न तयार रहेको बताउँदै आएका छन् । अस्ट्रेलिया सरकारले भने ठूला दिग्गज कम्पनीहरुले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरुले अष्ट्रेलियाको सञ्चारमाध्यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नु पर्ने जिकिर गर्दैआएको छ ।

गुगलले आफ्नो सर्च इन्जिन नै हटाउने चेतावनी दिएको विषयले विश्वव्यापी रुपमा बहस पाएको छ । यसले ठूला कम्पनीहरुले कसरी सेवा दिने भन्नेबारे पनि सोच्ने स्थिति सिर्जना गरेको छ । गत हप्ता मात्रै गुगलले आफ्नो रिपोर्टमा अष्ट्रेलियाका १ प्रतिशत स्थानीय समाचार साइटहरु ब्लक गरेको थियो । अस्ट्रेलियाका समाचारहरुको मूल्यांकन गर्न ब्लक गरेर परीक्षण गरिएको बताइएको छ । गत महिना अस्ट्रेलिया अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरि भुक्तानीको आचारसंहिता लागू गर्ने र त्यसपछि अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी गराउनुभएको थियो । अष्ट्रेलियाका सञ्चारगृहहरुले भने सरकारको नयाँ नियमले आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या निराकरण गर्न सहयोग पुग्ने बताउँदै आएका छन् । तर फेसबुकले समेत अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ ।

पहिलो चरणमा गुगल र फेसबुकमाथी भुक्तानीको आचारसंहिता लागू गर्ने र त्यसपछि अन्य डिजिटल प्लेटफर्ममा यो नियम लागू गर्दै लैजाने सरकारको निति कसरी अघि बढ्छ, चासोको बिषय बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ