Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia‘अष्ट्रेलिया डे’ को पूर्वसन्ध्यामा देशभरको तापक्रममा उच्च बृद्धि, समुन्द्री तटमा भीडभाड

‘अष्ट्रेलिया डे’ को पूर्वसन्ध्यामा देशभरको तापक्रममा उच्च बृद्धि, समुन्द्री तटमा भीडभाड


ब्रिजबेन, अष्ट्रेलिया । भोली २६ जनवरी अर्थात् अष्ट्रेलिया डे । यसको पूर्वसन्ध्यामा आज अष्ट्रेलियाको मौसमले रेकर्ड कायम गरेको छ । मौसम विभागका अनुसार सबैभन्दा बढी भिक्टोरिया र न्यूसाउथवेल्सका केही क्षेत्रमा गर्मी ४० डिग्री हाराहारीमा पुगेको छ ।

वागावागामा ४० डिग्रीको आसपास तापक्रम मापन हुँदा अल्बरी उडुंगामा ३८ डिग्री आसपासको गर्मीको सामना गर्नुपरेको छ । न्यूसाउथवेल्सका पेनेरिथ, रिचमोन्ड लगायतका क्षेत्रमा तापक्रम बढेर ३९ डिग्रीसम्म पुगेको छ । राज्यका राजधानीहरुमध्ये मेलबर्नमा ३९ डिग्रीसम्म तापमान पुग्दा क्यानबेरामा अधिकतम ३७ डिग्री रेकर्ड भएको छ । सिड्नी, एडिलेड, होबार्टमा ३२ डिग्री, ब्रिसबेन र डार्विनमा पानी समेत परेकाले तापक्रम ३० डिग्रीको हाराहारीमा मापन गरिएको छ ।

सोमबार न्यूसाउथवेल्सको सिमाना मात्र होइन विमानस्थल क्षेत्र तुलामारिन र वोस्टोनियामा पनि तापक्रम बढेर ४० डिग्री हाराहारि पुगेको छ । तातो मौमका बेला आगलागीको सम्भावना हुने भएकोले आगो बाल्न प्रतिबन्ध लगाइएको छ । फायर सर्भिसलाई सतर्क अवस्थामा रहन भनिएको छ। यो सिजनमा अग्नि नियन्त्रकहरु चर्को दवावमा पर्ने गरेका छन् ।

उच्च गर्मीसँगै अष्ट्रेलियाका अधिकांश समुन्द्री तटहरुमा चहल पहल बढेको छ । गर्मी छल्न समुन्द्रमा पौडिने तथा किनारमा पुगेर बस्नेहरु बढ्न थालेका छन् । भौतिक दूरी लगायतका स्वास्थ्य सावधानीमा गर्मी छल्न पुगेकाहरुले खासै ध्यान दिएको देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ