Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीको नेपालमा राजनीतिक सक्रियता

चीनपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीको नेपालमा राजनीतिक सक्रियता


काठमाडौं । सत्तारुढ दल नेकपामा संकट गहिरिँदा नेपालका लागि चीनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटवार्ताले तिब्रता पायो । लामो समयको चीनिया सक्रियताले समेत नेकपाको संकट टार्न सकेन । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै पछिल्लो समय फेरी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियता बढेको छ ।

सोमबार बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरे । अमेरिकी राजदूतावासले भेटवार्ता बारे जानकारी गराउँदै बाइडेन प्रशासनको विश्वव्यापी प्राथमिकताहरुका बारेमा नेपालका राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र देउवासँग भेटेको जनाएको छ ।

प्रतिनिधिसभा विघटन भएर दलहरु आन्दोलनमा रहेको बेला प्रचण्ड र देउवालाई भेटेका बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका बारे प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

बिहीवारमात्रै पनि अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बाइडेन प्रशासनको प्राथमिकताका बारेमा जानकारी दिनुभएको थियो । अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी रोकिएको, संबैधानिक संकटसँगै राजनीतिक अस्थिरता बढेको समयमा भएको अमेरिकी राजदूत बेरीको भेटघाट र राजनीतिक सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फोटो : facebook.com/nepal.usembassy



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ