Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अष्ट्रलियामा थपिए ११ जना संक्रमित

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अष्ट्रलियामा थपिए ११ जना संक्रमित


काठमाडौं । विश्वभर कोरोना भाइरसको दोश्रो लहर तथा नयाँ भाइरसको प्रकोप देखिदैगर्दा संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १० करोड २ लाख ८० हजार २५२ पुगेको छ । अहिलेसम्म २१ लाख ४९ हजार ३८७ जनाको मृत्यु भैसक्दा अझपनि सक्रिय संक्रमितको संख्या विश्वभर २ करोड ५८ लाख ३९ हजार ८४७ छ । यी मध्येपनि १ लाख १० हजार २५२ को अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार ३९२ जनाको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ६१ हजारबाट उकालो लागेको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजीलमा ६३१ जना, रुसमा ४५६ जना, बेलायतमा ५९२ जना, फ्रान्समा चार सय ४५ जना, इटालीमा ४२० जनाको मृत्यु भएको छ ।

पछिल्लो समय ११ जना संक्रमित थपिएको अष्ट्रेलियामा ९०९ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या २८ हजार ७७७ पुगेको छ । यी मध्ये २५ हजार ९९९ले कोरोना जित्दा १ हजार ८६९ जना संक्रिय संक्रमित रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ