Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleमोडेर्नाको खोपले कोरोनाको नयाँ प्रकारलाई समेत परास्त गर्ने वैज्ञानिकहरुको दाबी

मोडेर्नाको खोपले कोरोनाको नयाँ प्रकारलाई समेत परास्त गर्ने वैज्ञानिकहरुको दाबी


काठमाडौं । बैज्ञानिकहरुले अमेरिकी औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारलाई समेत परास्त गर्ने दाबी गरेका छन् । आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग लड्न सक्षम रहेको मोडेर्नाका वैज्ञानिकहरूले बताएका हुन् ।

प्रारम्भीक परीक्षणमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बैज्ञानिकहरुको दाबी छ । सुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको नयाँ कोरोना भाइरस पहिलेको तुलनामा केही घातक हुने प्रारम्भीक अध्ययनहरूले देखाएका थिए ।

सेप्टेम्बर महिनामा बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस ७० प्रतिसतसम्म थप संक्रामक पाइएको विज्ञहरूले जनाएका छन् । यद्यपि खोप लगाइएका मानिसहरूमा अध्ययन नगरिएकाले मोडेर्नाले नयाँ प्रकारविरुद्ध पूर्णरूपमा काम गर्ने नगर्नेमा भने आशंका कायमै छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ