Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनको विरोध, कांग्रेसले ३० गते देशव्यापी प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनको विरोध, कांग्रेसले ३० गते देशव्यापी प्रदर्शन गर्ने


काठमाडौ । प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय लिएको जानकारी दिनुभयो । यसैबीच, बैठकले महाधिवेशन हुन नसकेर म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनको नेतृत्वलाई ६ महिना निरन्तरता दिइएको छ । महाधिवेशन बारे भने कांग्रेस निर्णयमा पुग्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ