Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाविरुद्धको खोप अभियान : दोश्रो दिन २८ हजार ७ सयले लगाए खोप

कोरोनाविरुद्धको खोप अभियान : दोश्रो दिन २८ हजार ७ सयले लगाए खोप


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले कोरोनाको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, वाग्मती प्रदेश मा ११ हजार ४६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१७ जनाले खोप लगाएका छन् । प्रवक्ता डा. गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जानकारी दिनुभयो । बुधबार खोप अभियान सुरु भएको पहिलो दिन ९ हजार ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

पहिलो चरण अन्तर्गत देशभरका खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई खोप लगाइदैछ । यो चरणमा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजारलाई कोरोनाविरुद्धको खोप लगाइने बताइएको छ । दोश्रो चरण अन्तर्गत ५१ लख नागरिकलाई खोप लगाउने तयारी स्वरुप सरकारलले बाँकी खोप खरिद प्रक्रिया समेत अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ