Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाविरुद्धको खोप अभियान : कहिले लगाउन पाउने सर्वसाधारण जनताले ?

नेपालमा कोरोनाविरुद्धको खोप अभियान : कहिले लगाउन पाउने सर्वसाधारण जनताले ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा शुक्रबार साँझसम्म ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ । बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’  ७७ जिल्लाका सबै खोपबुथबाट लगाइदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ४६ हजार १९७ जनाले खोप लगाएका छन् । खोप लगाएकाहरु केहीलाई स्वास्थ्यमा सामान्य असर देखिएको जानकारी आए पनि ती व्यक्तिहरु केही समयपछि नै आफै निको भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कसैलाई पनि जटिल समस्या नदेखिएको जानकारीसहित स्वास्थ्य मन्त्रालय तथा खोप लगाएका स्वास्थ्यकर्मीले ढुक्कका साथ खोप लगाउन लक्षित वर्गलाई अनुरोध गरेका छन् । भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपसँगै अभियान सुरु गरेको सरकारले पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका सफाईकर्मी तथा स्वास्थ्यकर्मी गरेर ४ लाख ३० हजार जनालाई खोप लगाउँदै छ ।

यसपछि सुरक्षाकर्मी हुँदै नाम नागरिकले निशुल्क खोप लगाउन पाउनेछन् । दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप सरकारले खोप खरिद पक्रिया अघि बढाएको छ । देशभरका कोरोनाविरुद्धको खोप साधारण नेपाली जनताको पहुँचसम्म पुग्न सन् २०२१ को जुनदेखि डिसेम्बरसम्म लाग्न सक्ने अनुमान गरिदैगर्दा प्रधानमन्त्री ओलीले भने तीन महिनाभित्रै सबैले खोप लगाउन पाउने घोषणा गरेका छन् । यता, खोप आयात तथा प्रयोगमा सक्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारिहरु भने आगामी ६ महिनाभित्र नेपालका २० प्रतिशत जनसंख्याले कोभिड–१९ को खोप पाउने सम्भावना रहेको बताउँछन् । २० प्रतिशतमा वृद्ध उमेरका मानिस, स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेकाहरु पर्छन ।

नेपालमा अहिले वृद्ध मानिसको जनसंख्या लगभग २२ लाख, स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण जनशक्तिको संख्या झन्डै १० लाख र सबैभन्दा बढी जोखिममा रहेको मानिसको संख्या १० लाख कढी रहेको आँकलन छ । पहिलो चरणमा खोप लगाउनुपर्ने करिब ५० लाख रहेको सरकारी आँकलन छ । देशभरका २ करोड १७ लाख नेपालीलाई खोप लगाउने तयारी गरेको सरकारले बाँकी खोप खरिदको प्रक्रिया सुरु गरे नगरेको भने अहिले सार्वजनिक गरेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ