Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकाठमाडौंमा चिसो, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात !

काठमाडौंमा चिसो, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात !


काठमाडौं । नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव परेसँगै मोसममा बद्लाब देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भु–भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भु–भागहरुमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भु–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नम्बर–१ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकामा चिसो बढ्दैगर्दा देशको तराई क्षेत्रमा निरन्तर हुस्सु लागिरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा हल्कादेखी मध्यमसम्म हिमपात भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ