Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंमा हिमपात, आइतबारबाट नेपालभर बढेको चिसो घट्ने

काठमाडौंमा हिमपात, आइतबारबाट नेपालभर बढेको चिसो घट्ने


काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज नेपालभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ ।

महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ । आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने पूर्वानुमान गरिएको छ ।

काठमाडौं उपत्यकाका फुल्चोकी र चन्द्रागिरिमा हिमपात
काठमाडौं उपत्यकाको फुल्चोकी र चन्द्रागिरी डाँडामा पनि हिमपात भएको छ । शुक्रवारबाट धुमिलिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको बताइएको छ । हिँउ परेसँगै चन्द्रागिरी र फुल्चोकी क्षेत्रमा घुम्न गएकाहरु रमाएका छन् । भने हिउँ खेल्न र घुम्न जानेहरुको भीड लागेको छ ।  भोलिदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ