Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वका २६ देशमा कोरोनाविरुद्धको रुसी खोप स्पुत्निक–भी प्रयोग !

विश्वका २६ देशमा कोरोनाविरुद्धको रुसी खोप स्पुत्निक–भी प्रयोग !


काठमाडौं, एजेन्सी । कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोपलाई विश्वकार २६ देशमा अनुमतिसहित प्रयोगमा ल्याइएको छ । रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमतिसहित प्रयोग भइरहेको जानकारी दिएको हो ।

‘अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,’ आरडिआइएफद्वारा जारी वक्तव्यमा भनिएको छ । यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएसँगै यो खोप विश्वकै धेरै लोकप्रिय खोपका रुपमा चर्चामा आएको छ । स्वास्थ्य अधिकारीहरुले समेत धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप रहेको जानकारी गराउँदै यसको प्रभावकारिता राम्रो देखिएको चर्चा गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ