Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयूएईको नेपाली दूतावासका कर्मचारीमा कोरोना संक्रमण, हुलाक तथा कुरियर सेवाबाट सुविधा लिन आग्रह

यूएईको नेपाली दूतावासका कर्मचारीमा कोरोना संक्रमण, हुलाक तथा कुरियर सेवाबाट सुविधा लिन आग्रह


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासका अधिकांश कर्मचारी कोरोना सङ्क्रमित बनेका छन् । दूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएको जानकारी गराएको हो ।

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूतावासले राहदानीका लागि आवेदन दिँदा हुलाक तथा कुरियर सेवाको प्रयोग गर्न अनुरोध गरेको छ । सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भनेर राहदानी नवीकरणको लागि हुलाकमार्फत आवेदन संकलन गरिएको दूतावासले जनाएको छ । आगामी फागुन २ गते लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन विज्ञप्तीमा भनिएको छ ।

राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न भनिएको छ । कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गतेसम्म भौतिक सम्पर्क कम हुनेगरि सेवा प्रवाह हुने जानकारी गराइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ