Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसर्वोच्च अदालतमा फेरिए मुख्य रजिष्ट्रार, रजिष्ट्रारमा पहिलो पटक महिला

सर्वोच्च अदालतमा फेरिए मुख्य रजिष्ट्रार, रजिष्ट्रारमा पहिलो पटक महिला


काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर र रजिष्ट्रारमा निर्मला पौडेल नियुक्त हुनुभएको छ । गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालीन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्यरजिष्ट्रार पदमा सर्वोच्च अदालतका रजिष्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।

यस्तै, बढुवा भएर खाली भएको अदालतको रजिष्ट्रारमा निर्मला पौडेल नियुक्त हुनुभएको हो । गत माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार कुँवर र पौडेललाई नयाँ जिम्मेवारी दिइएको छ । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला समेत बन्नुभएको छ । यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) को जिम्मेवारीमा हुनुहुन्थ्यो । वि.सं. २०२४ वैशाखमा विराटनगरमा जन्मिएकी पौडेल विसं २०५२ मङ्सिरबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ