Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया र पाकिस्तानका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

अष्ट्रेलिया र पाकिस्तानका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहोदाको प्रमाणपत्र


काठमाडौं । नेपालका लागि अष्ट्रेलिया र इस्लामी गणतन्त्र पाकिस्तानका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमबार विशेष समारोहकाबीच पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गर्नुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले फेसबुकमा ओहोदाको प्रमाणपत्र पेश गरेको बारे दिइएको जानकारी :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ