Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा चिकित्सक परामर्श शुल्क बढाइयो

नेपालमा चिकित्सक परामर्श शुल्क बढाइयो


काठमाडौं । चिकित्सक परामर्श शुल्क वृद्धि गरिएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार विज्ञप्ति जारी गर्दै चिकित्सकहरुको परामर्श शुल्क बढेको जानकारी गराएको हो ।

चिकित्सकको योग्यता र अनुभवका आधारमा शुल्क निर्धारण गरिएको छ । जुन शुल्क बुधबारबाटै लागू भएको जानकारी गराइएको छ । नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएकाले ३७० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको परामर्श शुल्क ४५० रुपैयाँ तोकिएको छ । यस्तै, १० वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ८२५ रुपैयाँ निर्धारण गरिएको छ । स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिबद्धता कार्यान्वयन नभएपछि फागुन ४ गते बसेको अफिन र नेपाल चिकित्सक संघको संयुक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा नयाँ शुल्क तोकेको हो । चिकित्सक परामर्श शुल्क बृद्धी भएसँगै उपचारका लागि पहिले नै अस्पताल पुग्दा धरौँटी राख्नुपर्ने बिरामी थप मारमा परेका छन् ।

यस्तो छ शुल्क बृद्धीको विज्ञप्ती :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ