Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप

फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप


काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियानले निरन्तरता पाइरहेको छ । खोप अभियान अन्तर्गत सरकारले आगामी फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने निर्णय गरेको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भन्नुभयो ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं । कोभ्याक्समार्फत पनि आउँदैछ । त्यसैले खोपको अभाव हुन्न ।’ मन्त्रालयले यसअघि ५५ वर्षमाथिकालाई खोप दिने योजनासहित आन्तरिक तयारी गरेको थियो ।

खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको भन्दै प्रवक्ता गौतले छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका नागरिकले खोप लगाउन पाउने बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ