Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभागरथी हत्याका अभियुक्त सार्वजनिक, अझै बुझेनन परिवाले शव

भागरथी हत्याका अभियुक्त सार्वजनिक, अझै बुझेनन परिवाले शव


काठमाडौं । बैतडीस्थित दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको दुई सातापछि प्रहरीले अभियुक्त सार्वजसनक गरेको छ । प्रहरीले भागरथी पढ्ने विद्यालयमै ११ कक्षामा पढ्ने १७ वर्षीय दिनेश भट्टलाई भागरथीको हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले घटना भएको केही दिनदेखी शंकाको घेरामा राखेर निगरानी गरिएका किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । भागरथी र दिनेश चिनजानका मात्र नभएर नातेदार समेत हुन् । डीआईजी सुवेदीले बयानका क्रममा आफूले हत्या गरेको स्वीकारेपनि आफूले बलात्कार नगरेको जानकारी दिनुभयो । भागरथीका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार आरोपी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएर घटनास्थल पुगेर भागरथीलाई मार्ने उद्देश्यले कुरेर बसेको पाइएको छ । भट्टलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको बयानका क्रममा अभियुक्तले स्विकार गरेको जनाइएको छ ।

मृतक भागरथीको घाटीमा दवाए जस्तो डाम रहेको, खुट्टाको औलामा घाउ रहेको अवस्थामा हराएको एकदिनपछि अर्थात माघ २२ गते शव फेला परेको थियो । आरोपीतले बलात्कार भने नगरेको बयान दिए पनि पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको छ । आरोपी र भट्टको भजाइनल स्वाबको डीएनए जाँचको अनुसन्धान भइरहेको छ ।

अभियुक्त सार्वजनिक भएपनि उठेन शव
प्रहरीले भागरथीको हत्या आरोपीलाई सार्वजनिक गरेपनि परिवाले अझै शव बुझ्न मानेका छैनन् । अस्पतालमा रहेको उनको शव पीडित परिवारले ऊ एक्लैले हत्या गरेको भन्नेमा शंका व्यक्त गर्दै नबुझेका हुन् । भागरथीका आफन्त शिवराज भट्टले प्रहरीले अभियुक्त सार्वजनिक गरेपनि उसले नै हत्या गरेको हो भन्ने तथ्य पुष्टि भइनसकेको जानकारी दिनुभयो । परिवारका सदस्यले विश्वासयोग्यो प्रमाण केही नभएको भन्दै कसरी पत्याउने ? भन्ने प्रश्न गरेका छन् । तथ्य पुष्टि नहुँदासम्म शव नबुझ्ने उनीहरुको अडान छ ।

अनुसन्धान टोलीलाई स्थानीयको सम्मान, गृहमन्त्रीबाट प्रशंसा
स्थानीयले अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा जवानलाई सम्मान गरेका छन् । स्थानीयले सफल अनुसन्धान गरेको भनेर सम्मान गरिरहँदा गृहमन्त्री रामबहादुर थापा बादलले भने सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको दोहोर्याउनुभएको छ । भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टोलीलाई फेसबुकमा स्टाटस लेख्दै धन्यवाद दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ