Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयसकारण अष्ट्रेलियामा समाचार पोष्ट गर्न फेसबुकको प्रतिबन्ध

यसकारण अष्ट्रेलियामा समाचार पोष्ट गर्न फेसबुकको प्रतिबन्ध


ब्रिजबेन, अष्ट्रेलिया । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेसँगै समाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियाका मिडियालाई आफ्नो प्लेटर्फममा प्रतिबन्ध लगाउन सुरु गरेको छ ।

लामो समयदेखि जारी विवाद समाधानका लागि गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेका थिए । गुगलसँग सम्झौता भएपनि गयरातिदेखी नै अष्ट्रेलियामा फेसबुकले समाचार र समाचारमूलक सामग्री शेयर गर्न रोकेको छ । अहिले अष्ट्रेलियाका राष्ट्रिय समाचार संस्थाका फेसबुक पेजहरु खाली देखिएका छन् भने यस विषयमा आम सर्वसाधारणको मिश्रित प्रतिक्रिया आइरहेको छ ।

अष्ट्रेलियाले आफ्ना मिडियाहरु समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने योजना अघि सारेसँगै बिवाद चुलिएको थियो । गुगलले अष्ट्रेलिया सरकारले यस्तो नियम ल्याए, आफ्नो सेवा अष्ट्रेलियाबाट हटाउन सक्ने चेतावनी दिएपनि बुधबार भने गुगलले केही मिडियासँग भुक्तानीको सम्झौता गरेको छ । यससँगै गुगलले विश्वका अन्य समाचार संस्थाहरुसँग पनि सम्झौता गर्न सक्ने अपेक्षा गर्न थालिएको छ ।

फेसबुकले भने यस किसिमको नियमले प्रकाशक र फेसबुकबीचको आधारभूत बुझाइमा गलत हुनसक्ने बताउँदै आएको छ । अष्ट्रेलियाको स्थानीय समाचारमा रोक लगाउन सक्ने चेतावनीलाई फेसबुकले कार्यान्वयनमा ल्याएसँगै सामाजिक सञ्जाल फेसबुक पेजबाटै समाचार पढ्नेहरुमा असर पर्न थालेको छ । फेसबुकका अष्ट्रेलिया तथा न्युजिल्याण्डको सेवाका प्रमुख विलियम एस्टोनले कानुन मान्ने वा अष्ट्रेलियामा समाचार कन्टेन्ट रोक्नुपर्ने विकल्प मध्ये आफूहरुले समाचार रोक्ने बिकल्प रोज्न बाध्य भएको बताउनुभएको छ ।

फेसबुकको पेजहरुमा समाचार शेयर गरेवापत उसले समाचार संस्थाहरुलाई रकम तिर्नुपर्ने मागलाई इन्कार गरेसँगै अष्ट्रेलियन समाचार सामग्रीहरुलाई फेसबुकको न्यूजफिड तथा पेजहरुमा शेयर गर्न नपाइने भएको छ । अष्ट्रेलियामा सामाजिक सञ्जालहरुले यहाँका समाचार संस्थाहरुको सामग्री शेयर गर्दा त्यसबाट प्राप्त हुने आम्दानीमा समाचार संस्थाहरुलाई पनि भाग दिनुपर्ने कानून बनाउने तयारी गरेको चर्चा चलेपनि कहिलेबाट कार्यान्वयनमा आउने एकिन छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ