Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबृहत नागरिक आन्दोन्दोलनले टुँडिखेलमा मार्चसहित जारी गर्यो घोषणापत्र

बृहत नागरिक आन्दोन्दोलनले टुँडिखेलमा मार्चसहित जारी गर्यो घोषणापत्र


काठमाडौं । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार काठमाडौंको टुँडिखेलमा मार्चसहित नागरिक घोषणापत्र जारी गरिएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।

मार्चमा सहभाीहरुले ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’, नागरिक आन्दोलन सफल पारौं, ‘प्रतिगमन मुर्दावाद’को नारा लगाएका थिए । मार्चमा सहभागीहरु टुँडिखेलमा प्रवेश गर्ने आशंकामा सबै गेटमा ताला लगाएर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । कार्यक्रममार्फत नागरिक घोषणापत्र समेत जारी गरिएको छ । घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको छ ।

मौलिक हकलाई संकुचित बनाउने ऐन, नियम तत्काल खारेज गर्न निरंकुश चरित्रविरूद्ध आवाज उठाउने, राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्ने भन्दै लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध होऔँ भन्दै आह्वान गरिएको छ । सिप, शिल्प र स्थानीय ज्ञानको सम्मानसहित किसान र श्रमिक वर्गको हक सुरक्षित गर्न ज्ञानलाई श्रमसँग जोड्ने अभियानमा सामेल होऔं भन्ने लगायतका कुराहरू नागरिक घोषणा पत्रमा उल्लेख गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ