Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleआइतबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्दै

आइतबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्दै


काठमाडौं । नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोपमध्ये १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिनुभएको हो ।

भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो पटक १० लाख ल्याउन लागिएको डा. गौतमले बताउनुभयो । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि खोप खरिदको बाटो खुलेको थियो । मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले सुरुमा सबै भुक्तानी मागेपछि खरिद ऐनको किस्तामा भुक्तानी दिनुपर्ने व्यवस्थालाई एक पटकका लागि संशोधन गरिएको छ ।

शनिबार बिराटनगरमा आयोजित सभामा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप आउने जानकारी दिनुभएको थियो । भारतबाट खरिद गरिएको र चीनबाट अनुदानको खोप ल्याइने प्रधानमन्त्री ओलीले बताउनुभयो । चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिएसँगै उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

यसअघि भारतले कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिएसँगै माघ १४ बाट खोप अभियान सुरु भएको छ। यो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई दिइएको छ भने फागुन २३ बाट ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइने सरकारले घोषणा गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ