Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसन २०२२ सम्म माक्स लगाउनुपर्ने !

सन २०२२ सम्म माक्स लगाउनुपर्ने !


एजेन्सी । अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ का निर्देशक रहनुभएका वरिष्ठ डाक्टर एन्थोनी फौसीले सन् २०२२ सम्मै मास्क लगाइरहनुपर्ने सम्भावना औँल्याउनुभएको छ । पेन्डामिकअघिको जीवनमा कहिले फर्कन सकिएला भन्ने अनुमान गर्न नसकिएपनि यस वर्षको अन्त्यतिरसम्ममा धेरै कुरा सामान्यीकरण हुने उहाँले बताउनुभयो ।

गत वर्ष जे हामीलाई ठूलो बोझजस्तो लागेको थियो, त्यो अब कम भयानक लाग्न थाल्दैछ । डा. पौसीले भन्नुभयो । वर्षको अन्त्यसम्म अर्को जाडोयाम आइपुग्दा धेरै हिसाबमा सामान्य जीवनमा फर्किने दाबी गर्नुभएका फौसीले जीवनशैली २०१९ को नोभेम्बरअघिको अवस्थामै पुग्नेमा भने निश्चित नभएको बताउनुभएको छ । कोरोना भाइरस लगातार परिमार्जित भइरहेका कारण अझै पनि भविष्यमा धेरै अप्रत्याशित घटना हुन सक्ने हुँदा सावधानी अपनाइराख्न उहाँको सुझाब छ । मास्क लगाउन कहिले छाड्न सकिन्छ भन्नेमा चाहिँ यो कुरा समुदायमा कोरोना भाइरसको उपस्थिति कति छ भन्नेमा निर्भर हुने डा फैजीको जिकिर थियो ।

संक्रमणको स्तर सबैभन्दा न्यून विन्दुमा पुगेर कोरोनाका बिरामीसँग सम्पर्कमा आउने जोखिम एकदम थोरै भए मात्र मास्कको आवश्यकता हट्ने दाबी गर्दै सन २०२२ सम्म माक्स लगाउनुपर्ने अवस्था आउनसक्ने बताउनुभयो । आइतबारसम्म अमेरिकामा ६ करोड ३० लाख खोपका डोज सञ्चालनमा आइसकेको सीडीसीले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ