Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकंगोमा इटालीका राजदूत लुका अटानासियो मारिए

कंगोमा इटालीका राजदूत लुका अटानासियो मारिए


एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेट भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियो मारिएका हुन् ।

हमला लगत्तै अस्पताल लगिएका राजदूत अटानासियोलाई चिकित्सकले मृत घोषणा गरेका छन् । पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल उहाँ विश्व खाद्य कार्यक्रमसँग आवद्ध रहनुभएको थियो । उक्त टोलीमा सहभागी इटालीका एक प्रहरी अधिकारी समेतको मृत्यु भएको छ । कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेपनि हमलामा कसको संलग्नता छ भन्ने प्रस्ट हुन सकेको छैन । ४३ वर्षीय राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत हुनुहुन्थ्यो ।

कयौं वर्ष गृहयुद्ध झेलेको कंगोमा सन् १९९४ देखि २००३ बीचको अवधिमा करिब ५० लाख मानिसको मृत्यु भएको थियो । देशको पूर्वी क्षेत्रमा अझै पनि दर्जनौं सशस्त्र समूह क्रियाशील रहेका कारण हिंसात्मक घटनाले निरन्तरता पाउँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ