Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानन्यायाधीश र प्रधान सेनापतीबीच भेटवार्ता, के गरिदैछ आशंका ?

प्रधानन्यायाधीश र प्रधान सेनापतीबीच भेटवार्ता, के गरिदैछ आशंका ?


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । नेपाली सेनाबाट सर्वाेच्च अदालतले प्राप्त गरेको जग्गा खाली गर्ने बारे छलफल भएको भनिएपनि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा पक्ष र विपक्षमा बहस सकिएको अवस्थामा भएको भेटलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

यता, सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले भने प्रधानन्यायाधीश जबराले प्रधान सेनापति पूर्णचन्द्र थापालाई सर्वाेच्च अदालतमा बोलाएर सर्वाेच्चले प्राप्त गरिसकेको जग्गा चाँडो खाली गरिदिन आग्रह गर्नुभएको जानकारी दिनुभयो । पौडेलले सेनाबाट प्रक्रियागत रूपमा सर्वाेच्चले प्राप्त गरेको जग्गामा अहिले सर्वाेच्चका लागि नयाँ भवन बनाउने काम भइरहेको र काम सुरु भए पनि सेनाले घोडा बाँध्न प्रयोग गरिरहेको जग्गा खाली नगराएकाले प्रधानन्यायाधीशले खाली गराउन आग्रह गर्नुभएको जानकारी दिनुभयो । सेनाले केही जग्गा छोडेर सर्वोच्चलाई हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुग्नुभएको बताइएको छ ।

कतिपयले भने सर्वोच्चको फैशलापछिको सुरक्षा विश्लेषण र नेपाली सेनाको तयारीबारे समेत छलफल भएको आँकलन गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ