Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन बोलाइयो नेपालमा विहिबार ९ः३० बजे सुरक्षा परिषद बैंठक ?

किन बोलाइयो नेपालमा विहिबार ९ः३० बजे सुरक्षा परिषद बैंठक ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार बिहान ९ः३० बजेका लागि सुरक्षा परिषदको बैठक बोलाउनुभएको छ । पछिल्लो राजनीतिक परिस्थितिका कारण सुरक्षा परिषद्को बैठकलाई समेत आशंकाका नजरले हेरिएपनि प्रधाामन्त्री कार्यालयले भने नियमित बैठक भएको जानकारी दिएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापाको सहभागिता रहने बताइएको छ । नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ