Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यूसाउथवेल्समा शुक्रबारबाट प्रतिबन्धहरु थप खुकुलो बन्ने

न्यूसाउथवेल्समा शुक्रबारबाट प्रतिबन्धहरु थप खुकुलो बन्ने


ब्रिजबेन, अष्ट्रेलिया । न्यूसाउथवेल्स सरकारले यो शुक्रबारबाट कोरोना भाइरस रोकथामका क्रममा घोषणा गरिएको थप प्रतिबन्धहरुलाई खुकुलो पार्ने निर्णय गरेको छ । प्रिमियर ग्लेडिस बेरेजिक्लिनले आफ्नो घरमा ५० जनासम्म अतिथिलाई बोलाउन सकिने, विवाहउत्सवमा ३० जनासम्मले एकसाथ नाच्न सकिने र जीममा ५० जनासम्म सहभागी हुनसक्नेगरि प्रतिबन्धलाई थप खुकुलो बनाउन लागिएको जानकारी दिनुभएको हो ।

यद्यपि प्रतिव्यक्ति ४ स्क्वायरमिटरको भौतिक दुरिको नियम भने यथावत रहनेछ । यस्तै सांगीतिक कार्यक्रममा गायक गायिका, वाद्यवादक लगायतको संख्या पनि बढाएर ३० बनाइएको छ । गएको डिसेम्बरमा नर्दन विच क्षेत्रमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण सिड्नी महानगर क्षेत्रमा कडा लकडाउनसहित अन्य क्षेत्रमा प्रतिबन्धहरु लगाइएका थिए । यसलाई खुकुलो बनाउने क्रममा राज्य सरकारले यस्तो निर्णय सार्वजनिक गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ