Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविपन्न देशमा कोभ्याक्स अन्तर्गतको खोप, घाना बन्यो पहिलो देश

विपन्न देशमा कोभ्याक्स अन्तर्गतको खोप, घाना बन्यो पहिलो देश


काठमाडौं । गरिब तथा विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु गरिएको छ । कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप पाउने घाना पहिलो देश बनेको छ । एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलोपटक घानाको राजधानी अँकारा पुर्‍याइएको हो ।

घानामा ६ लाख डोज खोप पुगेको जनाइएको छ । खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब र बिपन्न देशमा खोप वितरण गर्ने योजना बनाइएको हो । यो योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ भने यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसनको सहभागीता छ ।

यो योजना अन्तर्गत एक वर्षको अन्तरालमा १९० देशमा कोरोनाविरुद्धको झण्डै दुई अर्ब डोज वितरण गर्ने तयारी गरिएको छ । कोभ्याक्स अन्तर्गत गरिब देशमा २० प्रतिशत नागरिकका लागि पुग्ने खोप वितरण गरिने योजनासहित वितरण थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ