Techie IT
Tuesday January 19, 2021  |   मङ्लबार, माघ ६, २०७७
गृहपृष्ठ » News » सिड्नीकाे ट्रेनमा च्यापिए ११० जना । एक छिनकाे हतारले ज्यानै जाला है !

सिड्नीकाे ट्रेनमा च्यापिए ११० जना । एक छिनकाे हतारले ज्यानै जाला है !


108 Views
सिड्नीकाे ट्रेनकाे बन्द हुनै लागेकाे ट्रेनकाे ढाेकामा हात चेपिएकाे यात्रु । तस्बिर- सिसिटिभी
ट्रेन गुडेछि ढाेकामा चेपिएकाे हातसहित लतारिदै यात्रु । तस्बिर- सिसिटिभी
भाग्यवस चेपिएकाे हात फुस्किपछि लडेका यात्रु तस्बिर- सिसिटिभी

सिड्नी/डिसेम्बर ७,  केही दिनअघि सिड्नीकाे सेभन हिलमा गुड्नै लागेकाे ट्रेनमा चढ्न खाेज्दा ढाेकामा चेपिएर एक युवा घाईते भए । 

धन्य ! समयमै ढाेकामा चेपिएकाे उनकाे हात निस्किएकाले  ट्रेनले धेरै परसम्म लतारेर लान पाएन र उनकाे ज्यान जाेगियाे । ट्रेनकाे ढाकाे बन्द हुनै लाग्दा दाैडिएर आएका ती युवाले हात छिराएर खाेल्न खाेज्दा हातै चेपिएकाे थियाे । 

याे त एउटा प्रतिनिधी घटना मात्र हाे । सावधानी नअपनाउदा सिड्नी ट्रेनमा यस्ता घटना दिनहु बढिरहेकाे छ । सिड्नी ट्रेनका अनुसार अप्रिल २०१७ देखि अगष्ट २०१८ सम्म मात्र हतारमा रेल चढ्न खाेज्दा ११० जना घाइते भएका छन् । त्यस्तै ४१  जनाकाे हात र खुट्टा रेलकाे ढाेकामा च्यापिएकाे सिड्नी ट्रेनले जनाएकाे छ ।

 

लिफ्टकाे ढाेका जस्ताे हात र खट्टा छिएर ट्रेनकाे ढाेका खुल्दैन । 

 

खासगरि कार्यलय जानेबेला हतार हतार ट्रेन चढ्न खाेज्दा यस्ता घटना भएका छन् । ढाेका बन्द गरेर गुड्नै लागेकाे ट्रेनमा दाैडिएर चढ्नु गलत भएकाे यातायात मन्त्री एन्ड्रे कन्सट्यान्स बताउछन् । ‘यसरी दाैडनु गलत हाे’ उनी भन्छन् – ‘केही बेरकाे हतारले अंगभंग र ज्यानै समेत जान सक्छ’ । 

हामी बन्द हुदै गरेकाे लिफ्टकाे ढाेका हात र खुट्टा छिराएर खाेल्छाै । तर, जानकारहरु लिफ्ट र ट्रेनकाे ढाेका एउटै नभएकाे बताउछन् । लिफ्टकाे ढाेका जस्ताे हात र खट्टा छिएर ट्रेनकाे ढाेका खुल्दैन । सिड्नी ट्रेनका स्टेवाट मिल्छ भन्छन् – एउटा बिन्दुमा पुगपछि ट्रेनकाे ढाेका फेरि खुल्दैन ।

जति हतार भएपनि दाैडिएर ट्रेन नचढ्न अधिकारीहरुले सुझाएका छन् । ‘तपाईकाे गन्तव्यसम्म हामी जसरी पनि पुर्याउछाै’ – मिल्स प्रश्न गर्छन्- केही मिनेटमै अर्काे ट्रेन आईहाल्छ नि ज्यानकै बाजी थापेर किन हतार गर्नुहुन्छ? 

 

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-