Techie IT
Fri, December 3, 2021  |   शुक्रबार, मंसिर १७, २०७८
गृहपृष्ठ » Breaking News » चीनले बढायो नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा, अब ८ लाख डोज

चीनले बढायो नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा, अब ८ लाख डोज


226 Views

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्या बढाएर आठ लाख डोज पु¥याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप कोरोनाविरुद्धको भ्याक्सिन दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पु¥याएको सोमबार फेरी थप ३ लाख डोज खोप दिने घोषणा गरेको छ । चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरेपनि अनुदानको खोप कहिले नेपाल आउने निश्चित भएको छैन ।

क्याटेगोरी : Breaking News, Health-lifestyle, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-