Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफागुन २३ गते प्रतिनिधिसभा बैठक, टेवल होला त प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ?

फागुन २३ गते प्रतिनिधिसभा बैठक, टेवल होला त प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ?


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउने आदेश जारी गरेको थियो ।

यहि बाध्यात्मक अवस्थाका कारण संसद बैठक आह्वान गरिएपनि अधिवेशन छोट्याएर छिट्टै स्थगन गर्ने तयारीमा सरकार रहेको बताइएको छ । यता, पहिलो बैठकमै नेकपाकै प्रचण्ड माधव समूह प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव टेवल गर्ने तयारीमा जुटेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ