Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकार र प्रतिबन्धित विप्लव समूहबीच औपचारिक वार्ता सुरु

सरकार र प्रतिबन्धित विप्लव समूहबीच औपचारिक वार्ता सुरु


काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षले आज बिहान साढे सात बजेबाट औपचारिक वार्ता शुरू गरेका हुन् ।

दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहाने पहिलो चरणको वार्ता सकारात्मक भएको बताइएको छ । फेरि बस्ने गरी वार्तालाई निरन्तरता दिने सहमति भएपनि अर्को वार्ता कहिले भन्ने बारे केही खुलाईएको छैन् । वार्ता स्थान गोप्य राखिएको सरकारी पक्षले बताइरहँदा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्राईले वार्तास्थलको फोटो समाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

यसरी सार्वजनिक फोटोले वार्ताका लागि विप्लव समूहलाई सरकारले सकारात्मक स्वागत गर्दै छ वा आफ्नै पार्टीको अर्को समूह, विशेषगरि अध्यक्ष प्रचण्ड माथिको अस्त्रका रुपमा प्रहार गरिएको हो भन्ने सोच्न बाध्य बनाएको छ । कतिपय जानकारहरु त वार्तामा सरकारी टोलीलाई व्यवस्था गरिएको कुर्सी, उनीहरुका लागि मात्रै राखिएको पानीसँगको गिलाससहितको वार्ता स्थलले नै बिभेद सुरु गरेको दाबी गर्छन । वार्तामा एउटै म्याण्डेड पाएर आएका प्रतिनिधि कोही ठूलो कोही सानो हुँदैनन । तर पहिलो चरणको वार्तास्थलका दृश्यले विप्लव समूहमाथी सरकारको सम्मान छैन, राजनीतिक अस्त्र मात्रै हो भन्ने देखाएको छ ।

विप्लव समूहले वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहा तथा मुद्दा फिर्ताको विषयलाई अघि सार्दै आएको छ । पहिलो चरणको वार्तामा सहमति उन्मुख वार्ताका लागि यीनै विषयमा सघन छलफल भएको आँकलन गरिएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो ।

मंगलबार मात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेका थिए । वार्ता टोली गठन गरेर सुरुभएको संवादको थालनिलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गर्दै चर्चाका लागि नभई समाधान उन्मुख वार्तामा जोड दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ